नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

पशु सेवा विभाग

पशु क्‍वारेन्टाईन कार्यालय, काठमाडौं

बुढानिलकण्ठ, काठमाडौं

उद्देश्य

  • पशु क्वारेन्टाइन कार्यालय काठमाडौं अन्तर्गत रहेका पशु क्वारेन्टाइन चेकपोष्टहरुको कार्यक्षेत्र भित्रको बाटो भएर पैठारी हुने (आयात) पशुपन्छी, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामाग्रीहरुको क्वारेन्टाइन चेकपोष्टमा रहेका चेकजाँच स्थलमा उल्लेखित सामाग्रीहरुको भौतिक परिक्षण, रेपिड टेष्ट, नमुना संकलन र साथमा रहेका विभिन्न कागजातहरुको चेकजाँच निरिक्षण गरि क्वारेन्टाइन प्रमाणपत्र जारी गरी विभिन्न संक्रामक पशुरोग भित्रिन नदिने कार्यमा सहयोग गर्ने ।
  • चेकपोष्टको बाटो भएर निकासी हुने पशुपन्छी, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामाग्रीहरुको आवश्कता अनुसार स्वास्थ्य/स्यानिटरी प्रमाणपत्र एनालाईसिस रिपोर्टको समेत चेकजाँच गरि निर्यात कार्यमा सहयोग गर्न क्वारेन्टाइन प्रमाणपत्र जारी गर्ने ।
  • पैठारी भएका तथा निकासी हुने पशुपन्छीमा रोग लागेको वा पशुजन्य पदार्थ तथा  पशु उत्पादन सामाग्री अस्वस्थकर सडेगलेको अवस्थामा सिमाना वा कूनै निश्चित ठाँउमा आइसुलेशन (क्वारेन्टाइन) मा राखि रोगमुक्त वा स्वस्थ भएको अवस्थामा मात्र निकासी पैठारी गर्न गर्ने कार्य गर्ने । साथै चेकपोष्टको बाटो भएर आएका तथा आन्तरिक ओसारपसार भएका पशु बस्तुमा संक्रामक रोगबाट ग्रसित पशुपन्छी लाई उचित व्वस्थापन र तह लगाउने कार्यमा सहयोग गर्ने साथै उक्त स्थान र ढुवानी साधनको निसंक्रमण कार्य गर्ने ।
  • पशु स्वास्थ्य तथ  पशु सेवा ऐन, २०५५ र सोको नियमावली, २०५६ अनुरुप बनेका विभिन्न मापदण्ड, कार्यविधि तथा निर्देशिका उल्ङघन गर्ने व्यक्ति/फार्महरु मद्धा दाएर गर्ने तथा नियमानुसार दण्ड जरिवाना गर्ने ।
  •  भन्सार कार्यालय, प्रहरी प्रशासन, जन प्रतिनिधि जनता र सरोकारवाला व्यवसायीहरु संग पशु क्वारेन्टाइन सम्बन्धि विभिन्न जानकारी र समन्वयकारी भूमिकाको लागि विभिन्न कार्यक्रम आयोजना/सञ्चालन गर्ने ।
  • पशु क्वारेन्टाइन चेकपोष्टको बाटो भएर निकासी/पैठारी र आन्तरिक ओसारपसार भएका पशुपन्छी, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामाग्रीहरुको तथ्यांक अध्यावधिक गरि राख्ने कार्य गर्ने ।