नेपाल एक भूपरिवेष्ठित मुलुक हो । यस मुलुको भारत सँग करिब १००० किलोमिटर जति खुल्ला सिमाना रहेको छ । खुल्ला सिमाना भएको कारण आवत जावत गर्ने पशुपंक्षीहरुको निगरानी र तिनीहरुबाट भित्रिन सक्ने संक्रामक रोगहरुको नियन्त्रण गर्नु राष्ट्रको दायित्व हो । साथै अन्य मुलुकबाट हवाई मार्ग हुदै पशुपंक्षीहरुको माध्यमबाट फैलन सक्ने संक्रामक रोगको बारेमा पनि सोच्नु आवश्यक छ । पशुपंक्षीलाई बिरामी गराउने जीवाणु विद्यमान रहेमा कुनैपनि बेला अनुकुल समयमा रोग फैलन सक्छ र यि रोगबाट बचाउन सधै नै तत्पर रहनु पर्दछ । पशुपंक्षीमा उपचार खर्च र रोगबाट हुने हानी नाक्सानी मात्र नभै मानव स्वस्थ्यमा समेत त्यसबाट नकरात्मक प्रभाव पर्न सक्दछ । पशु क्वारेन्टाईन लाई प्रभावकारी बनाई नयां रोग भित्रिन नदिन ठुलै धनराशी खर्च हुने भएता पनि बारम्बार रोगको उपचार र नियन्त्रण गर्नु भन्दा क्वारेन्टाईनलाई प्रभावकारी बनाउनु आवश्यक छ ।
पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ अनुसार पशु क्वारेन्टाईन भन्नाले पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामागी्रमा कुनै रोग लागेको छ या छैन भन्ने कुरा यकिन गर्न पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामाग्रीलाई कुनै खास ठांउमा तोकिएको अवधिभर परीक्षणको लागी एकैसाथ वा छुट्टा छुट्टै राखिने कार्यलाई जनाउदछ । तर्सथ देश भित्र संक्रामक रोग फैलिन नदिन तथा रोग नियन्त्रण र उन्मुलन गर्न आन्तरिक तथा वाह्य क्वारेन्टाईनलाई प्रभावकारी रुपमा अगाडि बढाउनु पर्ने देखिन्छ ।
दीर्घकालीन कृषि योजनाले परिलक्षित गरेको नेपाल सरकारको गरिबी निवारण कार्यक्रममा विदेशबाट आउन सक्ने नयाँ रोगहरुलाई रोक्न सकेमा पशु पालन व्यवसाय फस्टाई स्वरोजगार प्रवधान तथा कृषकहरुको आर्थिक स्थितीमा सुधार हुने देखिन्छ । बाहिरबाट भित्रने पशुरोग राक्ने मात्र नभई देशभित्र विद्यमान रहेको प्रमुख रोगलाई प्राथमिकताको आधाारमा क्वारेन्टाईन र व्यवस्थित गर्दै लैजाने कार्य लाई पनि पशु क्वारेन्टाईन कार्यक्रमले सघाउ पुर्याउने छ । नया रोगको प्रवेश नरोकिने हो भने पशु पालन पेशाबाट फाईदा लिन कठिन हुन्छ । रोगको किटानुको पहिचान गर्न नितान्त जरुरी हन्छ । साथै आयातित भ्याक्सिनको गुणस्तर जांच गर्न पनि आवश्यक हुन्छ । तसर्थ सो प्रयोजनको लागी सुबिधा सम्पन्न प्रयोगशालाहरुको ब्यवस्था गर्दे लैजानु पर्ने देखिन्छ । हाल विश्वमा चुनौतीको रुपमा रहेको emerging and remerging infectious disease जस्तैः वर्ड फलु एभियन इनफलुएन्जा) आदी नेपाल भित्रिन नदिन र भित्रिएको अवस्थामा सोही ठाउँमा नियन्त्रण गर्न क्वारेन्टाईन कार्यालय र चेकपोष्टहरु उच्च सर्तकताका साथ कार्यरत रहेका छन् । साथै पशु पशुजन्य पदार्थ तथा पशु उत्पादन सामाग्रीको व्यवस्थित निकासि तथा पैठारी गर्न पशु क्वारेन्टाईनलाई अझ प्रभावकारी रुपले अघि बनाउनु नितान्त आवश्यक भएकोले नया¤ सरंचना अनुसार २०६१ सालमा छरिएर रहेका चेकपोष्टहरु लाई बिभिन्न कार्यालय अन्र्तरगत समाहित गरी आठ वटा रा.प. द्वतिय श्रेणिको अधिकृत प्रमुख रहेको पशु क्वारेन्टाईन कार्यालयहरुको स्थापना गरियो ।
सबै पशु क्वारेन्टाईन कार्यालयहरुको कार्यक्षेत्र तोकिएको छ र क्वारेन्टाईन कार्यालयको प्रमुखले आवश्यकता अनुसार आफनो कार्यालयको कार्यक्षेत्र अन्र्तगत स्थायी, अस्थायी तथा आबधिक चेक पोष्ट स्थापना गर्न सक्ने छन । जसअनुसार पशु क्वारेन्टाईन कार्यालय, काठमाण्डौ अन्तर्गत काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ्ग र चितवन जिल्लालाई समेटि विभिन्न चार स्थानमा क्रमशः पशु क्वारेन्टाईन चेक पोष्ट, रामनगर, चितवन, पशु क्वारेन्टाईनचेक पोष्ट, तातोपानी, सिन्धुपाल्चोक पशु क्वारेन्टाईन चेक पोष्ट, त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थल, काठमाण्डौ ,अस्थाई पशु क्वारेन्टाईन चेकपोष्ट, टिमुरे, रसुवा र अस्थाई पशु क्वारेन्टाईन चेकपोष्ट,नागढुगाा,काठमाडाैं गरि हाल पाच वटा पशु क्वारेन्टाईन चेक पोष्टहरुबाट पशु क्वारेन्टाईन कार्यक्रमहरु सञचालन गरिएका छन् ।
जनशक्ति विवरणः
क्र.स |
पद |
दरबन्दी |
पदपुर्ती |
कैफियत |
१ |
वरिष्ठ पशु चिकित्सक |
१ |
१ |
|
२ |
पशु चिकित्सक |
५ |
४ |
|
३ |
पशु स्वास्थ्य प्राविधिक |
६ |
५ |
|
४ |
लेखापाल |
१ |
१ |
|
५ |
खरिदार |
१ |
१ |
|
६ |
हलुका सवारी चालक |
१ |
१ |
ह.स.चा. १ जवान करार सेवामा कार्यरत रहेको । |
७ |
कार्यालय सहयोगी |
६ |
६ |
करारमा का.स. ५ जवान कार्यरत रहेका छन् । |
|
जम्मा दरबन्दी र पदपुर्ती |
२० |
१८ |
|